
यो मन त्यसै त्यसै रोको छ।
कयौ दिन देखि पेट भोको छ।
... सकि नसकि बोक्नै पर्ने उफ।
पिठ्युमा अजङ्गको डोको छ।।
बिसाउछु भारी र भोक मिट्न।
खोल्छु त्यहि साथुको पोको छ।।
के गरी भुलाउदै होलिन बच्चा।
तिनैको न्यास्रोले मन छोको छ।।
खेप्नु परे खेपौला कष्ट किनकी।
छोरो छोरी धेरै पढाउने धोको छ।।
"बेहोशी" भिम रसाईली
केराबारी, मोरङ
हाल, बहराईन
कयौ दिन देखि पेट भोको छ।
... सकि नसकि बोक्नै पर्ने उफ।
पिठ्युमा अजङ्गको डोको छ।।
बिसाउछु भारी र भोक मिट्न।
खोल्छु त्यहि साथुको पोको छ।।
के गरी भुलाउदै होलिन बच्चा।
तिनैको न्यास्रोले मन छोको छ।।
खेप्नु परे खेपौला कष्ट किनकी।
छोरो छोरी धेरै पढाउने धोको छ।।
"बेहोशी" भिम रसाईली
केराबारी, मोरङ
हाल, बहराईन
0 comments:
Post a Comment