photo sahityayatrabanner_zps787eae11.jpg


पक्कै सुनौलो बिहान हुनेछ।
गरिबको आफ्नै सान हुनेछ।।

येसरीनै कलम चलाई राखे।
दलित अब सम्मान हुनेछ।।

सही अर्थ बुझ्न, सक्नु पर्छ।
भगवान पनी बिज्ञान हुनेछ।।

केटाकेटी भनेर नजीस्क्याउ।
ऊ नी एकदिन जवान हुनेछ।।

हामी चै के कम विकास भए।
युरोपको नेपाल सिरान हुनेछ।।

२०६९ चैत्र २४ apr 6 इन्छन

0 comments:

Post a Comment

 
Top