
गजल ~~~~~~~~~~
पल पल दुखेर नै , आमाको छाती पोल्दो हो
जानु कहिले – कहिले , नारायण भनी बोल्दो हो
ठूलो भाग खानलाई , कत्ति हतारिएको हो
अर्केले खाइदेला भनी , भित्र – भित्रै जल्दो हो
आफूलाई जन्म दिने , आफैलाई भार भएछ
पन्छाउन नपाएर , मन साह्रै गल्दो हो
भित्रै देखि खुसी हुँदै , दिउँसै सपना देख्न थाल्छ
म¥यो भनेको बिउँझिदा , स्वयं आफै ढल्दो हो
बढी भाको आमाको काख , त्यो काख राख भएन
गिद्धले सिनो कुर्दा – कुर्दा , थाकेर नै चल्दो हो ।
– © मानन्धर अभागी ।
0 comments:
Post a Comment