बिद्रोह गर्दिनौ किन ?
-राजु काश्यप
-राजु काश्यप
यहाँ हुन्छन हजारौँ हजार नारी समाधिकारका कुरा
बन्धन हो पुरषको
सोच्दी हौ तिमी अलङ्कार हो चुरा ।
बन्धन हो पुरषको
सोच्दी हौ तिमी अलङ्कार हो चुरा ।
म नडगमगाई शोषण गर्छु सधैँ तिमीलाई
तिमी फुस्रा भाषण छाँट्छौ आफुलाई पर्दा पछाडि लुकाई ।
तिमी फुस्रा भाषण छाँट्छौ आफुलाई पर्दा पछाडि लुकाई ।
तिमीले परपुरुषको हात समाए कतै
ठहरीन्छौ समाजमा बेश्या भनि
मैले बलात्कार गरेनी तिम्रै आँखा अगाडी
पुज्छन सबै सधैँ आदर्श पुरुष मानी ।
ठहरीन्छौ समाजमा बेश्या भनि
मैले बलात्कार गरेनी तिम्रै आँखा अगाडी
पुज्छन सबै सधैँ आदर्श पुरुष मानी ।
तिम्रो ईच्छा बिपरीत सयौँ चुम्बन लिन्छु
निर्धक्क तिम्रा बक्षस्थलमा हात डुलाई दिन्छु ।
तर तिमी सक्दिनौ गर्न बाधा समाजको डर मानी
म शोषण अत्याचार गर्दै जान्छु दासी नारी ठानी ।
निर्धक्क तिम्रा बक्षस्थलमा हात डुलाई दिन्छु ।
तर तिमी सक्दिनौ गर्न बाधा समाजको डर मानी
म शोषण अत्याचार गर्दै जान्छु दासी नारी ठानी ।
नारी हक अधिकारका कुरा गरेर मात्र हुन्न कहिलै
ब्यवहारमा पनि देखाउनु पर्छ तिमीले,
नत्र भने मेरो दासी नै रहने छौ हेप्पिएर जहिलै ।
ब्यवहारमा पनि देखाउनु पर्छ तिमीले,
नत्र भने मेरो दासी नै रहने छौ हेप्पिएर जहिलै ।
म त फुर्क्याई दिन्छु तिमीलाई देवीरुप भन्दै
तिमी शोषित बनी रहन्छौ मैले दिएका उपमा गन्दै ।
तिमी शोषित बनी रहन्छौ मैले दिएका उपमा गन्दै ।
म आफैँ छक्क पर्छु तिमी गर्दिनौ बिरोध किन?
म त घरमा स्वास्नी भए पनि
परस्त्रीमा हात लम्काउने लोग्ने मान्छे ...
आज उल्टै सोध्न मन लाग्यो तिमीलाई
हे नारी ! म बिरुद्ध बिद्रोह गर्दिनौ किन..??
म त घरमा स्वास्नी भए पनि
परस्त्रीमा हात लम्काउने लोग्ने मान्छे ...
आज उल्टै सोध्न मन लाग्यो तिमीलाई
हे नारी ! म बिरुद्ध बिद्रोह गर्दिनौ किन..??

0 comments:
Post a Comment