
~ गजल ~~~~~~~~
नारीका आवाजहरू , गाउँ – गाँउमा छ
निर्दोष नारीलाई , पछार्ने दाउमा छ
चुलो बाली छाक टार्न , पसिना बगाउँदै
जिन्दगी खियाउने क्रममा नाउमा छ
आराम कहिल्यै हुन्न , ती विचरी नारीको
फुटेको शिर आज , श्रीमानको पाउमा छ
डुङ्गा त खियायो – खियायो , जिन्दगी नै खियायो
एउटी नारीको मूल्य , सस्तो भाउमा छ
विहान देखि बेलुकासम्म , दासी रुपी जिन्दगी
कर्जा तिर्न नसकी , बन्धकी साहुमा छ ।
– © मानन्धर अभागी ।
0 comments:
Post a Comment