photo sahityayatrabanner_zps787eae11.jpg


गीत :

बुढेसकालको भाग्य मेरो उकाली ओराली
छोरा नाती बिदेस तिर घर भयो खाली

तप्प तप्प मझेरीमा चुहिराछ छानो
केही छैन खानलाई रित्तो भयो मानो
पिर  हेर्दै छिमिकीले पिट्न थाले ताली
छोरा नाती बिदेस तिर घर भयो खाली

गरौ भन्छु सकिदैन चल्न छोड्यो पाउ
कस्तो चोट लाग्यो मलाई दुखी राछ घाउ
बाँचेकै छु अझैपनि दु:ख पिडा संगाली
छोरा नाती बिदेस तिर घर भयो खाली

बुढेसकालको भाग्य मेरो उकाली ओराली
छोरा नाती बिदेस तिर घर भयो खाली!!

0 comments:

Post a Comment

 
Top